ब्रेकिंग न्युज

लियो क्लब अफ काठमाडौँ मातृभूमिको छैटौ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ  २६ जेष्ठ । लियो क्लब अफ काठमाडौँ मातृभूमिले  छैटौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार भएको साधारण सभाले लियो  दिवश सुवेदीलाई क्लबको सातौ अध्यक्षको रूपमा निर्वाचित गरेको हो । क्लबको लियो वर्ष २०१९\ २० का अध्यक्ष लियो सञ्जय बिक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लियो सरोज महतो ,  पूर्वअध्यक्ष लियोरलायन नवराज सिलवाल , लियो क्षितिज कार्कि, लियो बिक्रम पुरीले आ–आफ्नो धारण राखेका थिए । साथै मुख्य अतिथी एरिया ३२५ बि टु का जिल्ला गभर्नर लायन्स अनुप पहरि ज्युले शुभकामना र बधाई  दिएका थिए ।साधारण सभाले लियो मनिषा खड्कालाई प्रथम उपाध्यक्ष साथै  लियो जस्मिता कुमारी अर्याल र लियो सरोज कुमार महतोलाई  उपाध्यक्षमा निर्वाचित गरेको छ  । क्लबको सचिवमा लियो दिपेश मेहेता  तथा कोषाध्यक्ष लियो रोजन केसी  नियुक्त भएका छन् । क्लबका ब्रान्ड राजदुतमा लियो बिनय रिसाल र लियो राजन भुसाल , प्रशासकमा सुमन तिम्सिना,  कार्यकारी ‌सचिव सविता गिरी, सह सचिव बर्षा खरेल र अरून कुमार ‌महतो ,  सह ( कोषाध्यक्षमा स्नेहा अधिकारी र सिकेन्द्र गुप्ता मनोनयन हुनुभएको छ । 

             साथै लियो क्लब अफ काठमाडौं मातृभुमीको‌ मेघा प्रोजेक्ट रहेको ब्लड फर नेपालको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । वर्ष २०१९(२०का अध्यक्ष दिपेश मेहेताको टोलीले वर्ष २०२० \ २१ का लागि अध्यक्षमा लियो कमल बास्तोला‌, प्रथम उपाध्यक्षमा लियो प्रविन नेपाल र उपाध्यक्षमा लियो नेहा झालाई चयन गरेको छ । ब्लड फर नेपाल लियो क्लबको‌ प्रोजेक्ट भएता पनि यसको टिम देशभर फैलिदै गएकोले  कार्यसमिति चयन गर्नुपरेको संस्थापक लियो सरोज कुमार महतोले जानकारी दिए । रगतको कारणले कोहि कसैले जीवन गुमाउनु नपरोस् भन्दै ब्लड फर नेपालले विगत दुई वर्षदेखि बिरामी र रक्तदाताको मध्यस्थकर्ता भएर रगतको व्यवस्थापन गर्दै आएको छ ।साधारण सभा सामाजिक दुरिलाई मध्यनजर गर्दै डिजिटल प्ल्याटफर्म जुमका माध्यमबाट सम्पन्न भएको थियो। लियो क्लब लायन्स क्लबको युवा संगठन हो । १५० भन्दा बढी मुलुकमा ५८०० भन्दा बढि दर्ता भएका लियो क्लबले सामाजिक कार्यमा सधैं सक्रिय भएर लागि रहेको छ । कुनै पनि  बिपतमा  पीडित नागरिकलाई उद्धार, राहत र बास स्थानको ब्यवस्था साथै बिभिन्न चाडपर्बमा  स्वयंसेवकका रुपमा काम गर्दै आएको‌ लियो यस करोनाको महामारीमा पनि‌ धेरैको चुल्हो बल्न मद्दत ‌गर्दै‌ आइरहेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६