अर्घाखाँची २६ जेठ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार एकैसाथ ३१ संक्रमित थपिएकोमा अर्घाखँचीको सदरमुकाम स्थित सन्धीखर्क नगरपालिकाका उपप्रमुख विक संक्रमित हुनु भएको वताइएको छ । पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनालका अनुसार जनतालाई राहत र उद्धारमा खटिने क्रममा उहा संक्रमित हुनु भएके हो ।
प्रेसपाटीसंग टेलिफोनमा कुराकानी गर्दै उपमेयर विकले भन्नु भयो जनताको सेवामा लाग्दा कोरोना लाग्यो । घरमै आराम गरेर बस्छु, तातोपानी र जडिबुटी खाएर कोरोना जित्छु । अहिले स्वास्थ्य सामान्य छ, निको भएर जनताको सेवामा फेरी लाग्छु । आत्मबल बलियो बनाएर बसेको छु, विकले भन्नु भयो । अर्घाखाँचीका ३१ जनामा पुष्टि भएसँगै सन्धिखर्कका वडा नम्बर १,६,७ का धेरैजसो संक्रमित छन । जसमध्ये १र१ जना पाणिनि र शितगंगाका रहेको जिल्ला स्वास्थ्य कार्यालका जनस्वास्थ्य निरिक्षक गणेश पौडेलले वताउनु भयो ।
प्रतिक्रिया