जीवनशैली

कपिलवस्तुमा ८ संक्रमित थपिए , मेनेजर नै संक्रमित बनेपछि रावाबैक अनिश्चित रुपमा बन्द



कपिलवस्तु २६ जेठ कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लाको महाराजगंज नगरपालिकामा ७ र बिजयनगरमा एक जना थपिएको हुन । जिल्ला स्वास्थय कार्यौलय अनुसार  विजयनगर गाउँपालिका वाड न ३ का बर्ष २० का पुरुष १ जना तथा महाराजगन्ज नगरपालिका वाड न ४ बर्ष २४ को पुरुष १ जना, वाड न ९ का बर्ष २,१७,१८ को ३ पुरुष र वाड न १० का बर्ष १८,१९,३४ का ३ पुरुष रहेका छन । 

        बैक म्यानेजर समेत कोरोना संक्रमित भए पछि तौलिहावा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालकालागि बन्द गरिएको छ । आईतावार बैक मेनेजरमा कोरोना संक्रमित भएको पुष्टी भएको थियो । बैकको ५ नम्बर प्रादेशिक  कार्यालले सुचना जारी गरी अर्को सुचना जारी नभए सम्मकालागि बैकका् सबै कारोवार बन्द गरिएको जनाएको छ । यसबाट ग्राहक बर्गमा पर्न जाने मर्का प्रति बैकले क्षमा समेत मागेको छ ।

    लामो सयमको लकडाउन पछि गत जेठ १८ गते देखि हप्ताको ६ दिन बैक संचालन  हुदै आएको थियो । लकडडाउन त्यसमा पनि खेती किशानीको बेला बैक अनिश्चितकालीन बन्द भए पछि ग्राहकहरु मर्कामा परेका छन । जिल्लाको सबै भन्दा बढी ग्राकह यही र्बैकमा छ । 

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६