अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ७१ लाख ९३ हजार बढी संक्रमित, ४ लाख ८ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २७ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसकोे कहरका कारण  ७१ लाख ९३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या ७१ लाख ९३ हजार ४७६ पुगेको छ ।त्यस्तै  मृत्यु हुनेको संख्या ४ लाख ८ हजार पार गरेको छ । मंगलबार बिहानसम्म वल्डो मिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४ लाख ८ हजार ६१४ पुगेको छ ।  कोरोना भाइरसका कारण विश्वभर ३२ लाख ४९ हजार ३०८ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वभरी ३५ लाख ३५ हजार ५५४ जना मानिस उपचारपछि निको भएका छन् ।

             कोरोना भाइरसकोे कहरका कारण एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना निको भएका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा  १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।२१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना निको भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना निको भएका छन् ।

        उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना निको भएका छन् । ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना निको भएका छन् ।

        विश्वमा सबैभन्दा बढी कोरोनाको प्रभावमा परेको अमेरिकामा २० लाख २६ हजार ४९३ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख १३ हजार ५५ जनाको मृत्यु भएको छ भने ७ लाख ७३ हजार ४८० जना कोरोना भाइरस लागेर निको भएका छन् ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६