कास्की, ७ जेठ । गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज निर्देशनालयले जारी गरेको विज्ञप्तिमा अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका छन् । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा पनि कोरोनम संक्रमण बढ्दो दरमा रहेको छ ।
प्रतिक्रिया