बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचै जनाको हत्या गरिएको छ । वडा नं १० कान्छिबजार मैनहियामा उक्त घटना घटेको प्रहरीले जनाएको छ । हत्या भएकाहरु सबै फार्ममा काम गर्ने भएको बताइएको छ । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको गाई फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या भएको छ भने अर्को एकजना फरार रहेका छन् । फरार हुनेमा सोही फर्ममा काम गर्ने झपेन्द्र सिंजाली भएको स्थानीयहरुले बताएका छन् ।
अहिले प्रहरी घटस्थलमा पुगेको छ । हत्या आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाएको जनाईएको छ । हत्या भएकाहरुको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको बताउनुभयो ।
प्रतिक्रिया