ब्रेकिंग न्युज

तिलोत्तमा घटना अपडेटः मृतकहरूको परिचय खुल्यो, मारिनेमा १ महिला र ४ पुरूष



बुटवल, २७ जेठ ।  रुपन्देहीको तिलोत्तमा नगरापालिका–१० कान्छीबजारमा भएको सामुहिक रुपमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। विभत्स हत्यामा मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्।  घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। हत्या भएकामा माधव, पोखराज, जानकी भैसी फर्मका कामदार हुन् भने करन र आशिष चौधरी फर्मका कामदार होइनन् । उनिहरु स्थानिय भएको र भैसी फर्ममा आउने जाने गरेको बताइएको छ ।

        कान्छीबजारको मैनहवा स्थित  कृष्ण पुनको भैसी फर्ममा उनीहरूको सामुहिक हत्या भएको हो।एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले मृतकलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६