ब्रेकिंग न्युज

बेहोस भए तिलोत्तमाका ५ जनाको सामूहिक हत्याकाण्डका आरोपित, अस्पताल भर्ना



बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेर पक्राउ परेका आरोपित व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहोस भएको प्रहरीले जनाएको छ । सिजापतीलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको ५ नंं प्रदेश प्रहरीले जनाएको छ ।   मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । 

        घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । हत्या भएकाहरुको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।  सिजापति लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ । स्थानीयले घेरेपछि नै उनी बेहोस भएको बताइएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६