ब्रेकिंग न्युज

७० थान बहुपयोगी बेड प्रदान, १० ठाउँमा सेन्सरयुक्त धारा ट्याङ्की जडान



भक्तपुर, २७ जेठ । विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया ९बेड० प्रदान गरेको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीलाई बेड हस्तान्तरण गरिएको हो । 

                       चुची फाउण्डेशन भक्तपुरका प्रतिनिधि एलिसा अवालवासी र सञ्जय अवालले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । बस्नका लागि दुई जनासम्मलाई कुर्सीको रूपमा र सुत्न परेमा बेडको रुपमा प्रयोग गर्न सकिने, आवश्यकता पर्दा सजिलै पट्याएर अन्य ठाउँमा लैजान सकिने बहुपयोगी उक्त बेड होल्डिङ सेन्टरलाई प्रदान गरिएको हो ।प्राप्त ७० थान बेडमध्ये ५० नेपाली सेना र २० नेपाल प्रहरीले प्रयोगमा ल्याएका छन् । जिल्लामा कुनै पनि विपद्का बेलामा प्रयोगमा ल्याउने गरी यी बेडहरु विपद् व्यवस्थापन समितिमातहत रहनेछन् ।त्यसैगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका १० ठाउँमा सेन्सरयुक्त हात धुने धारासहितको पानी ट्याङ्की जडान गर्ने कार्य शुरु गरेको छ । कूल रु पाँच लाखको लागतमा एक हजार लिटरको पानी ट्याङ्की, पाइप, हातधुने झोल साबुन र सेन्सरयुक्त धारा जडान गरिएको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

            रेडक्रसले अहिलेसम्म भक्तपुरको दुई होल्डिङ सेन्टर, मध्यपुरथिमि नगरपालिकाको गेट अगाडि, मध्यपुरथिमि शङ्खधर चोक, आदर्श मावि लायकू, भक्तपुर नगरपालिकाको दूधपाटीस्थित बसपार्कमा जडान गरिएको उहाँले जानकारी दिनुभयो । केही दिनभित्रै बाँकी चार ठाउँमा पनि जडान गरिने बताउँदै उहाँले कोरोना सङ्क्रमण रोक्न सर्वसाधारणले कुनै पनि सामानलाई नछोई हात धुन सक्ने गरी व्यवस्थापन गरिएको सभापति थापाले जानकारी दिनुभयो ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६