कपिलवस्तु २७ जेष्ठ । पश्चिमाञ्चल सिमेन्ट उत्पादक सघंले सिमेन्टमा मुल्य वृद्धि गर्ने जनाएकोछ । क्लिकर उत्पादनलाई आवश्यक पर्ने कच्चा पद्धार्थ ,चुन ढुगां खानीबाट ढुवानी गर्न नसकिएको ,बर्षाले बाटो बन्द हुने ,कच्चा पद्र्धाथको अभावमा उत्पादन गर्न नसकिने भएकोले मुल्य वृद्धि हुने जनाएको हो । सघंले एक प्रेस विज्ञप्ती जारी गर्दै मुल्य वृद्धिहुने जानकारी दिईएको छ । विज्ञप्तीमा लेखिएको छ , विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हामीलाई पनी प्रभाव पारेको छ । लकडाउनको अवधिमा खानीबाट ढुवानी बन्द हुदाँ कच्चा पद्धार्थ अभावका कारण देशको राष्ट्रीयगौरवको आयोजना ,विकास निमार्ण कार्यका लागी अति आवश्यक पर्ने सिमेन्ट सहज रुपमा पुग्ने स्थिती छैन् । विगतमा क्लिन्रबाट उत्पादन हुदाँ ढुवानी सहित करिब ८ हजार प्रति टन पर्ने क्लिन्रलाई अब भारतबाट आयात गर्दा प्रति टन करिब ११ हजार पर्ने देखिएको छ । त्यसैले भारतबाट आयात गरिएक कच्चा पद्धार्थका क्लिन्रबाट उत्पादन हुने सिमेन्टको मुल्यमा कम्तीमा विगत भन्दा २५ प्रतिशत महगो पर्ने हुदाँ सम्बन्धित सबैमा जानकारीका लागी यो विज्ञप्ती जारी गरिएको छ । यसबाट पर्न जाने मुल्यवृद्धि र असुविधा प्रति क्षमा याचना गर्दछौ ।
२७ जेष्ठ २०७७, मंगलबार
प्रतिक्रिया