ब्रेकिंग न्युज

प्रधानमन्त्रीद्वारा निसाधको निधनप्रति दुःख व्यक्त



काठमाडौँ २७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक वक्तव्य जारी गरी निसाध सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा आफूले पाएको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा दिवङ्गत हुनुभएका निसाधप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनबाट शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित निसाधको उपचारकै क्रममा आज मङ्गलबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो । यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट निसाध उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । पछिल्लो समय उहाँले नेतृत्व गर्नुभएको मधेश समता पार्टी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको थियो ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६