लुम्बिनी

५ जनाको सामुहिक हत्याका आरोपित सिंजाली के गर्थे



रुपन्देही २७ जेठ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहियामा सोमवार राती पाँचजनाको कोदालो प्रहार गरी हत्या भएको छ । गंगादेवी पशुफार्ममा काम गर्ने तीनजना मजदुर तथा दुईजना स्थानियको राती सुतेको अवस्थामा फार्ममै हत्या भएको हो । हत्या हुनेमा ४० वर्षिय माधव मुसहर उनीकी श्रीमती ३७ वर्षिय जानकी मुसहर र १५ वर्षिय अनाथ बालक पोखराज मुसहर छन् । उनीहरुको घर सैनामैना नगरपालिका ५ दर्खासी हो भने सँगै सुतेका पोखराजका साथीहरु १६ वर्षिय करण चौधरी र आशिष चौधरीको पनि हत्या भएको छ । बिहान पाँच बजेतिर फार्मका संचालक गोठमा आउँदा मृत अवस्थामा देखेको बताएका छन् ।

        फार्म भित्रै धानको भुसमा लुकेर बसेको अवस्थामा हत्यामा संलग्न झसेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत घर भएका ३२ वर्षिय झसेन्द्र  सिंजाली डेढ महिनाअघि उक्त फर्ममा काम गर्न आएका थिए । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

        सोमबार फर्ममा आठ जना बसेका थिए । मृतक मुसरका सात वर्षिय छोरा र साली बोलरी सकुसल छन् । अन्य सबै खुला कोठामा सुतेका थिए भने साली र छोरा छुट्टै बन्द कोठामा सुतेका  हुन् । बिहान साहु आएर बोलाएपछि घटनाबारे थाहा पाएको उनीहरुले बताएका छन् । 

        बाँच्न सफल बोलरीका अनुसार राति एक बजेतिर झसेन्द्रले बाहिरबाट जिस्क्याउँदै बोलाएका थिए । र, आफूलाई वरिपरिका गाउँलेले नराम्रो मान्ने गरेको बताएका थिए । रक्सी खाएको र हातमा लठ्ठी रहेको देखेपछि बोलरीले चुक्कुल लगाएर ढोका बन्द गरेको बताएकी छिन । 

        बिहान साहु आएर बोलाएपछि मात्र आफूले घटनाबारे थाहा पाएको बोलरीले बताइन । उनी दिदी भिनाजुलाई भेट्न त्यहाँ आएकी थिइन । मृतक माधव मुसहरका छोरा करण मुसहर अन्तै काम गर्ने भएकाले त्यहाँ सुतेका थिएनन । प्रहरीका अनुसार उक्त रात फर्ममा मिटरबक्सबाट बिजुलीको लाइन बन्द गरिएको थियो । बिजुली झसेन्द्रले नै काटेको अनुमान छ । बिहान दूध लिन जाँदा मात्र फर्म सञ्चालक कृष्णबहादुर पुनले कामदारहरू ढलेको देख्नुभएको थियो । 

        रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या गरिएका पाँच जनामध्ये तीन जना सोही फर्मका कामदार र दुई जना स्थानीय हुन् । तीमध्ये ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर श्रीमान श्रीमती हुन । पन्ध्र वर्षीय बालक पोखराज मुसहर अनाथ हुन् । उनलाई फर्म सञ्चालक पुनले पाल्नुभएको थियो । सोह्र वर्षीय करण चौधरी र आशिष चौधरी स्थानीय हुन । 

        प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार डेढ महिनाअघिदेखि उनी सो फर्ममा काम गर्दथे । यसअघि उनी र उनकी श्रीमतीले रुपन्देही तिलोत्तमाको शिवपुरस्थित अर्को पशु तथा कृषि फर्ममा काम गर्थे । स्थानीयका अनुसार श्रीमान श्रीमती दिनहुँ झगडा गर्थे । उनी पारिवारिक तनावमा देखिन्थे । स्थानीयका भनाइमा अरु बेला मानसिक सन्तुलन नभएजस्ता देखिने झसेन्द्रले प्रायः रक्सी खान्थे । तर ठूलो झगडा भएको स्थानीयलाई थाहा छैन ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६