अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ४ लाख १३ हजार भन्दा धेरैको मृत्यु, ७३ लाखभन्दा बढी संक्रमित



एजेन्सी, २८ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कहरका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधबार बिहान यो समाचार तयार पार्दासम्म मृतकको संख्या ४ लाख १३ हजार ६२५ पुगेको छ ।

        विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्या ७३ लाख १६ हजार नाघेको छ । समाचार तयार पार्दासम्म कूल संक्रमितको संख्या ७३ लाख १६ हजार ८२० पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसकका कारण ३३ लाख ६९३ जनाको उपचार भइरहेको मध्ये ५४ हजार २२ जनाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । विश्वभर ३६ लाख २ हजार ५०२ जना उपचारपछि निको भएका छन् । 

        बुधबार बिहानसम्म कोरोना भाइरसका कारण  एसियाली मुलुकहरुमा ३६ हजार ३३० जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६८९ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट युरोपियन मुलुकहरुमा  १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ । २१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।

        दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८२३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

        ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ५६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५२० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९१४ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

        विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा मात्र २० लाख ४५ हजार ५४९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितहरु मध्ये १ लाख १४ हजार १४८ जनाको मृत्यु भएको छ । अमेरिकामा ७ लाख ८८ हजार ८६२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । त्यहाँ कोरोना कहरका कारण ४ करोड बढी मानिसहरु बेरोजगार भएका छन् ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६