जुम्ला, २८ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानले जनाएको छ । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टिनमा बस्न सल्लाह दिनुभयो ।
जुम्लाबाट कोरोना जितेको खुशीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्न सक्ने क्षमता पैदा भएको छ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । थापाले चिकित्सकको सुझावलाई मनन गर्दै तीन हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया