ब्रेकिंग न्युज

नक्कली स्यानिटाइजर बनाउने पक्राउ



काठमाडौँ २८ जेष्ठ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुसिबुमा अवैधरूपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुले मङ्गलबार पक्राउ गरेको हो । 

     बजारमा अत्यधिक माग भएका ह्यान्ड स्यानिटाइजरलगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री वितरण गर्न तयार पारी भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।उनीहरुले विभिन्न प्रख्यात ब्राण्डका स्टिकर आफैँले छपाइ गरी खाली बोतलमा लेभलिङ तथा महङ्गो मूल्यसमेत राखी दुरुस्त बनाइ बजारमा अवैधरूपमा बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । उनीहरुले स्यानिटाइजर, विभिन्न ब्राण्डका स्याम्पु र विभिन्न ब्राण्डका नक्कली फेस क्रिमलगायत नक्कली कस्मेटिक सामान उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले सूचना जारी गरी जनाएको छ । 

       उनीहरुको साथबाट विभिन्न साइजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ तीन हजार २९० लिटर, तयारी नक्कली स्यानिटाइजर ५०० एमएलको आठ बोतल, पाँच लिटर तयारी सेनिटाइजर, विभिन्न आकारमा बोतलमा राखिएको सयौँ बोतल स्यानिटाइजर बरामद गरिएको छ । यस्तै नक्कली कस्मेटिक सामान, स्यानिटाइजरमा टाँस्ने स्टिकर एक झोला, विभिन्न रङका मसी, त्यसमा प्रयोग गरिने केमिकल तथा प्रयोग हुने यन्त्र उपकरण बरामद गरिएको छ । 

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६