कपिलवस्तु २८ जेष्ठ । यो तस्विर बुद्धभुमि नगरपालीका वडां नं. २ गोरुसिगेंमा रहेको एनएमबि बैकं परिसरको हो । स्थानिय तहको निर्देशनमा लकडाउनकै बिच पनी सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा खटिएका कर्मचारी आफु सुरक्षित नभएको बताएका छन् । सामाजिक सुरक्षा भत्ता लिन आउने भिडभाडलाई व्यवस्थापन गर्न असहज भएको बताउदैँ प्रशासनले ध्यान दिनुपर्ने जनाएका छन् ।कपिलवस्तुमा कोरोना सक्रमितको संख्या बढ्दै जादाँ बैकंमा सेवा दिदैँ गर्दा नसर्ला भन्न सकिदैँन , सामाजिक दुरी कायम गर्न ,सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा प्रवाह गर्न कर्मचारीले मात्रै कसरी गर्ने ? यसमा स्थानियले पनी ध्यान दिन जरुरी छ बैकंका एक कर्मचारीले सञ्चारक्रमि सगं कुराकानी गर्दै भने ।
२८ जेष्ठ २०७७, बुधबार
प्रतिक्रिया