कपिलवस्तु २८ जेठ । “खेतीपातिका बेला मलखाद उपलब्ध गराउन नसक्ने हो भने नेपालमा कृषि क्रान्ति कसरी हुन्छ ? हामी आत्मनिर्भर कसरी बन्छौं ? मन्त्री ज्यू तपाईले नै भन्नु भएको हो यसपाली मलखादको अभाव हुदैन तर अहिले चरम अभाव छ तपाई किन मौन ? किसानको प्रश्नको जवाफ चाहियो । ”
यो भनाई राष्ट्रिय सभामा राष्ट्रिय सभा बैठकमा बिशेष समयमा बोल्दै कपिलवस्तुकी सांसद विमला घिमिरेले बुधवार राख्नु भएको हो । उहाले तराईका उर्वरभूमी मध्येको एक मानिएको कपिलवस्तुमा खेतीपातीको समयमा पनि मलखाद नआएको भन्दै यस्तो प्रश्न गर्नु भयो । किसानले मदखाद चाहियो भन्दैछन् मलखाद उपलब्ध गराउन नसके किसानसंग कसरी मुख देखाउने उहाले भाबुक हुदै भन्नु भयो । सरकारले किसानलाई निकास दिन सक्नु पर्ने उहाको माग थियो ।
सत्तारुढ दलकै सांसदले पनि सदनमा जनताको जीवन र जीविकासंग सम्वन्धित महत्वपूर्ण प्रश्न राखेर सरकारको ध्यानाकर्षण गराउने क्रममा उहाले यस्तो प्रश्न राख्नु भएको हो । उहाले कृषि मन्त्री घनश्याम भुसालले यसपाली रसायनिक मलको अभाव हुदैन भन्दा खुशी भएको वताउदै अहिले त्यो खुशी हराएको सुनाउनु भयो ।
सांसद घिमिरेले कपिलवस्तु देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्लामा परेका भन्दै जिल्लाकालागि संघिय सरकार र प्रदेश सरकारले फरक मापदण्डका साथ कपिलवस्तुलाई कोरोना विरुद्धको लडाईमा सघाउन समेत माग गर्नु भयो । मुलुकभरमा ४ हजार बढी संक्रमित हुदा कपिलवस्तु एक्लैमा ५७५ जना संक्रमित भएको तथ्यले कपिलवस्तु संघिय सरकारको जोडदार सहकार्यको प्रतिक्षामा रहेको प्रष्ट पार्नु भयो ।
उहाले सरकारले क्षमता अनुसारको काम गरेको औल्याउनु भयो तर कपिलवस्तुकालागि विशिष्ट परिस्थती आएकाले स्वास्थ्य क्षेत्रमा यथेष्ट लगानीको माग गर्नु भयो । सरकारले लगानी वढाउन उहाले विकल्प पनि प्रस्तुत गर्नु भयो ।
तत्कालिन जिविस कपिलवस्तुको खातामा रहेको करिव १५ करोड बजेट कपिलवस्तुको कोभिड बिरुद्धको कोषमा स्थानान्तरण गरेर कोरोना अस्पत्ताल र हरेक पालिकामा आइशोलेशन वनाउने काममा खर्च गर्न तत्काल रकमान्तरको निकास दिन अर्थमन्त्री यूवराज खतिवडाको ध्यानाकर्षण गराउनु भयो । अहिले पनि जिविस कपिलवस्तुको तत्कालिन कोषमा १५ करोड बढी बजेट रहेको छ ।
घिमिरेले आरडीटीको विश्वासनीयता माथि प्रश्न खडा भएकोले क्वारेण्टाइनमा रहेका सबैको पिसिआर परीक्षण हुने ब्यवस्था तत्काल मिलाउन माग गर्नु भयो । उहाले महिला माथि हुने हिंसा लकडाउनक बेला बढि रहेको भन्दै तिलोत्तमा घटनावारे छानविनको माग गर्नु भयो ।
प्रतिक्रिया