ब्रेकिंग न्युज

सामुदायिक वनका पूर्व अध्यक्षद्वारा वन क्षेत्र अतिक्रमण



कपिलवस्तु २८ जेठ । कपिलवस्तुको बुद्धभुमी ३ रनगाईमा सामुदायिक वनका पूर्व अध्यक्ष सहितको समूहले वन अतिक्रमण गरेका छन् । स्थानीय रामलक्ष्मण सामुदायिक वनमा रहेको करिब ७ बिगाहा जग्गामा ट्र्याकटर लगाई खन जोत गरेका थिए । अतिक्रमण गर्नेमा सामुदायिक वनका पूर्व अध्यक्ष पीताम्बर पाण्डे, पूर्व उपाध्यक्ष देवलाल पाण्डे , घन श्याम खराल , पोमनारायण भट्टराई, खिमानन्द पाण्डे, होमलाल पाण्डे, तारा प्रसाद पाण्डे, डिल बहादुर बेल्वासे, विष्णु बहादुर न्यौपाने लगायत रहेका छन् ।


        सो क्षेत्रमा १५ वर्ष अगाडी स्थानीयले उखु खेती गरेका थिए । सामुदायिक वन दर्ता भए पछि अतिक्रमण हटाई वृक्षारोपण गरिएको थियो ।  २०६५ सालमा उक्त क्षेत्र सामुदायिक वनमा समावेश गरिएको बताइएको छ । सामुदायिक वनका अध्यक्ष फेरु थारुले वन क्षेत्र अतिक्रमण भएको स्वीकार गर्नु भएको छ । हामीलाई जानकारी नदिई वन क्षेत्रमा खेती गर्नका लागी खनिएको थियो । थाहा पाएपछि अहिले उनीहरूलाई रोकिएको छ । विवाद स्थानीय स्तरमा मिलाउने प्रयास समेत भएको छ ।

        अहिले अतिक्रमण भएको ठाउँमा हामीले वृक्षारोपण गर्ने तयारी गरेको थारुले बताए । समाजका अगुवाले नै अतिक्रमण गरे पछि स्थानीयले विरोध समेत गरेका थिए । खाली ठाउँमा वृक्षारोपण गर्नुको सट्टा अतिक्रमण गर्न सुरु गरे पछि समुदायको पहलमा सामुदायिक वनले चासो दिएको थियो ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६