अर्थ-वाणिज्य

अस्थायी राजधानीमा कोरोन कै बीच चमत्कार ,लकडाउनमा धमाधम विकास



रुपन्देही, २८ जेठ । लकडाउनका वीच पनि बुटवल उपमहानगरपालिकाले विभिन्न विकास योजनाका काम अगाडी बढाएको छ । लकडाउनका कारण अधिकांश क्षेत्रका काम रोकिएका बेलामा बुटवलमा भने विकास योजनाका काम धमाधम अगाडी बढेको बुटवल उपमहानगरपालिकाले जनाएको छ । स्वास्थ्य सुरक्षाको प्रबन्ध र सामाजिक दुरी कायम राख्दै विकासका काम अघि बढाइएको उपमहानगरले जनाएको छ । 

        उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्वास्थ्यकर्मी तथा प्राविधिकसहितको टोलीको निगरानी गरेर सुरक्षा बन्दोबस्ती भए नभएको यकिन गर्दै निर्माणका काम सुचारु गरिएको बताउनु भयो । उहाँले विकासका काम गर्दा निर्माणमा संलग्न निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई मजदुरको स्वास्थ्य परीक्षण गर्न लगाइएको पनि बताउनु भयो ।

        सञ्चालनमा रहेका यस्ता कामको प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य तथा सम्बन्धित वडा अध्यक्ष र विषयका प्राविधिकहरुले नियमित अनुगमन गरेका छन् । योजना सञ्चालनमा रहेका ठाउँमा समुदायलाई पनि निगरानीमा खट्न आग्रह गरिएको छ ।

यी बाहेक वडा नं. ११ र १३ का वडा कार्यालय भवन, वडा नं. २ नाली निर्माण, स–साना पुल र विद्यालयका भवन निर्माणका कामलाई सुरक्षा उपायसहित निर्माण सुरु गरिएको उपमहानगरको भनाई छ । बुटवलको सिमसार क्षेत्र कपरकट्टी बैठौलिया तालमा दैनिक ज्यालादारीमा मजदुरले सुरक्षा प्रवन्ध सहित काम गरिरहेका छन् । यहाँ करिब डेढ करोड बराबरको काम भइरहेको उपमहानगरका प्रवक्ता तथा सो ताल रहेको वडा नं.१६ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

        यस्तै बुटवलको अर्को आन्तरिक वाइपासको मैत्रीपथको विस्तार र स्तरोन्नतिको काम भइरहेको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।बुटवलको अर्को महत्वपूर्ण सडकका रुपमा रहेको श्रवणपथको पनि विस्तार र स्तरोन्नतिको काम भइरहेको छ । यसैगरी उजिरसिंह र नरसिंह टोल जोड्ने करिब ७० लाख बराबरको पुलको पनि निर्माण कार्य चलिरहेको छ भने त्यहीँ क्षेत्रमा व्यवस्थित नाली निर्माणको काम भइरहेको वडा नं. २ का अध्यक्ष रमेश नेपालले जानकारी दिनुभयो ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६