लुम्बिनी

कपिलवस्तुमा कोरोना संक्रमित ६ सय १६ पुगे



कपिलवस्तु, २८ जेठ । कपिलवस्तु जिल्लामा कोरोना भाइरसबाट  संक्रमित हुनेको संख्या ६ सय नाघेको छ । जिल्लामा बुधबार साँझसम्म ६ सय १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा ५० जना संक्रमित थपिएका छन् । 

        जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १ सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको छ । त्यस्तै महाराजगञ्जमा १ सय १८ जना,  कृष्णनगर नगरापलिकाकामा ७१ जना, शिवराज नगरपालिकामा ५७ जना, मायादेवी गाउँपालिकामा ५३ जना, शुद्धोधन गाउँपालिकामा ३३ जना संक्रमित पुष्टि भएको छ । वाणगंगा नगरपालिकामा २३ जना , कपिलवस्तु नगरपालिकामा ३० जना, बुद्धभूमि नगरपालिकामा २९ जना,  र विजयनगर गाउँपालिकामा  २२ जना संक्रमित पुष्टि भएको छ । 

        नेपालमा बुधबार थप  २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६