अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसका कारण ८ हजारभन्दा धेरैको मृत्यु



एजेन्सी, २९ जेठ ।  भारतमा कोरोना भाइरसको संक्रमणका काराण ८ हजार बढीले ज्यान गुमाएका छन् । एकै दिन थप ३८८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार १०५ पुगेको छ ।

        भारतमा कोरोना भाइरसक संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ८७ हजार १५५ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको भारतमा संक्रमितमध्ये १ लाख ४० हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।

    कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । भारतले उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । कोरोना भाइरसका संक्रमित बढेको भारतमा लगाइएको लकडाउन कुनै उपलब्धि मूलक नभएको विपक्षीहरुले आरोप लगाएका छन् ।  

प्रकाशित : २९ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६