अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ७४ लाख ५१ हजारभन्दा बढी संक्रमित, ४ लाख १८ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २९ जेठ । कोरोना भाइरसको कहरका कारण संक्रमित हुने मानिसको संख्या ७४ लाख ५१ हजार नाघेको छ । विश्वभर कूल संक्रमितको संख्या ७४ लाख ५१ हजार ५२३ पुगेको छ ।करिब ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ ।

        वल्डोमिटर्सको तथ्याङ्क अनुसार बिहीबार विहानसम्म ४ लाख १८ हजार ८७२ जनाको मृत्यु भईसकेको छ ।  ३२ लाख ९९ हजार २७५ जनाको उपचार भइरहेकोमा ५३ हजार ८११ जनाको अवस्था गम्भीर छ । ३७ लाख ३३ हजार ३७६ मानिसहरु उपचारपछि निको भएका छन् । 

        कोरोना कहरका कारण एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार १९६ जना संक्रमित भएकोमा ८ लाख ८९ हजार ४२४ जना निको भएका छन् ।यस्तै युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९४१ जनाको मृत्यु भएको छ । २१ लाख ३९ हजार ७३८ जना संक्रमित भएकोमा ११ लाख २० हजार ७७७ जना निको भएका छन् ।

        दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६२३ जनाको मृत्यु भएको छ । १२ लाख ६७ हजार ११५ जना संक्रमित भएकोमा ६ लाख २५ हजार ७७३ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख १२ हजार ११ संक्रमित छन् । संक्रमितमध्ये ९७ हजार १६३ जना निको भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ५५ हजार ४४९ पुगेको छ । त्यसमध्ये ९ लाख ८३ हजार ५३९ जना निको भएका छन् । ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८८७ जना संक्रमित भएकोमा ८ हजार ३३२ जना निको भएका छन् ।

        विश्वमा सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा २० लाख ६६ हजार ४०१ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख १५ हजार १३० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ८ लाख ८ हजार ४४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ४ करोड बढी मानिसहरु बेरोजगार भएका छन् ।

प्रकाशित : २९ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६