प्रदेश

आजबाट जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन, अर्को जिल्ला जान प्रतिबन्ध



कपिलवस्तु ३० जेठ ।  लकडाउन भएको ८१ औँ दिन आजबाट जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् । आजदेखि कपिलवस्तु लगायत देशभर जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन आएका छन् । जोर विजोर प्रणालीमा सवारी साधन संचालका लागि रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ । जसअनुसार शुक्रबार आज जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ ।

        यसरी संचालन हुने सवारी साधनहरु एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र  मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई रोकिने छैन । उपत्यकाको हकमा उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानीएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६