धनुषा, ३० जेठ । प्रदेश २ मा स्वाव संकलन नै स्थगित गरिएको छ । प्रदेश नंं. २ का जिल्लामा सङ्कलन गरिएको स्वाबमध्ये आधा जतिको परीक्षण परिणाम नआएकाले बिहीबारदेखि नयाँ स्वाबको सङ्कलन स्थगन गरिएको हो ।
प्रदेश नं २ मा हालसम्म ३० हजार ५४३ को स्वाब सङ्कलन गरेकामा १५ हजार ९९ जनाको स्वाबको परिणाम नआएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक एवं वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं २ सरकारले विभिन्न क्वारेन्टाइनमा रहेका र शंकास्पद व्यक्तिको संकलन गरिएको स्वाबमध्ये आधाको परिणाम आउन सकेको छैन ।
अहिले प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा १८ हजार ८९४ छन् भने होमक्वारेन्टाइनमा आठ हजार ८१२ रहेको बेलामा स्वाब परीक्षणमा भएको ढिलाइका कारणले हालका लागि स्वाब सङ्कलन रोकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया