बागमती

पर्वतका स्थानीय तहले ७०० भिटिएम खरिद गरे



पर्वत, ३० जेठ । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् । नमूना सङ्कलन गरेर पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासम्म स्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो । पर्वतका सात स्थानीय तहले ७०० भिटिएम खरिद गरेका हुन् ।

        हरेक पालिकाले एक–एक सयका दरमा भिटिएम खरिद गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैजसो पालिकाले खरिद गरेका भिटिएम जिल्लामा आइसकेका छन् । जिल्लाको तथ्याङ्कअनुसार भारतबाट मात्रै दुई हजार १०० आउने र तेस्रो मुलुकबाट पाँच हजार ५०० जना फर्कने अनुमान गरिएको छ । प्रदेश र सङ्घीय सरकारसँग पनि कोरोना परीक्षणका लागि आवश्यक सामग्री माग गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

         पर्वतका स्थानीय तहको समानुपातिकरूपमा खर्च हुने गरी कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा ८० श्ययाको प्रिआइसोलेसन वार्ड तयार भएको छ भने यसअघि नै २० श्ययाको आइसोलेसन अस्पताल सञ्चालनमा आइसकेको छ । योसँगै आइसोलेसनको सङ्ख्या १०० पुगेको छ । कुश्मा र छिमेकी पालिकामा रहेका क्वारेन्टिनको खर्चसमेत पालिकाले नै व्यहोर्दै आएका छन् । (रासस)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६