अर्थ-वाणिज्य

कपिलवस्तुमा आँप उत्पादन बढ्दो, बिक्री गर्ने ठाउँ पाइएन ।



कपिलवस्तु,
बगैँचा भरी लटरम्म आँप फलेका छन् । मल्दहा, दशहरी, बम्बई, चौसा जातको आँप परिपक्व भई सकेका छन् । यो सँगै अव आँपको सिजन समेत सुरु भएको छ । अबको दुई महिना सम्म यहाँका आँपले उत्पादन दिने छ । अहिले आँपको उत्पादन वढन सुरु भएको छ , तर बजारमा भने आँपको माग निकै कम छ । माग कम भए पछि बिक्रीको तयारी अवस्थामा रहेको आँप रुखमै छाड्नु परेको छ । आँप बिक्री नहुँदा कपिलवस्तुका आँप उत्पादक भने मर्कामा परेका छन् ।
उत्पादन बिक्री गर्दिनको लागी कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका रहिश शाहले आँपको बजारको खोजी दिन आग्रह गरेका छन् । उनले आफ्नो शाह कृषि फर्म र लिजमा लिएको आँप रुखमै थन्किएको छ । शाहले थोक मूल्यमा फलफूल बेच्दै आएका छन् । व्यापारीले शाह सँग आँप खरिद गर्न आनाकानी गरेपछि उनी थप समस्यामा परेका छन् । यस अगाडी उनले काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवल बाग्लुङ्ग, सल्यान लगायतका ठाउँमा थोक बिक्री गर्दै आएका थिए । बजारमा लकडाउनका कारण मानिसको चहलपहल कम हुँदा पछि आँपको बिक्री पनि न्यून भएको छ । उनले एक सिजनमा २०० गाडी भन्दा बढी आँप बिक्री गर्दै आएका थिए । अहिले भने शाहको आँप बिक्री नभई बगैँचामा रहेको छ । खपत नहुँदा बगैँचा भाडामा लिँदा दिएको रकम समेत उठाउन धौ धौ पर्ने भएको छ ।



“कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, बिजयनगर गाउँपालिकाका एक दर्जन बढी बगैँचा लिजमा लिएको छु । जसको लागी मैले कृषकहरू सँग कोपिला लाग्दैमा रकम दिएको छु । अहिले सिजनको सुरुवाती चरणमा छ । दैनिक ५ पिक अप आँप टिप्ने अवस्थामा रहेको छ । तर बजारमा माग नै छैन । स्थानीय बजारमा २ क्विन्टल मात्र खपत भएको छ । जसरी भए पनि जिल्ला बाहिर पठाउन पर्छ । टिपेको ३ दिनमा बजारमा पुराउनु पर्छ । आँपलाई कोल्ड स्टोरमा समेत राख्न सकिँदैन” शाहले बताए ।
यता नेपालका उत्पादनले बजार नपाउँदा भारतबाट छिटपुट मात्रामा आँप भित्रिन सुरु गरेको छ । अहिले फलफूल आयात निकै कम भएको छ । फाटफुट मात्रामा भारतीय आँप नेपाल आएका छन् । प्रदेशमा रुपन्देही र कपिलवस्तुका नाकाबाट अहिले औसत ३ ट्रक आँप आउने गरेको छ । हामी कहाँ दैनिक विषादी परीक्षणका लागी आउने गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बुटवलका अधिकृत उमाशङ्कर पाठकले बताउनु भयो ।
शाह मात्र नभई जिल्लाका अन्य व्यवसायी समेत लकडाउनले गर्दा व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेका छन्  । फलफूल तथा तरकारी व्यवसायलाई आफ्नो मुख्य व्यवसाय बनाउँदै आएका किसान यति बेला थप समस्यामा परेका छन् । तरकारी र फलफूल बाट कोरोना सर्छ भन्ने भ्रम फैलिदा बजारमा बिक्री समेत हुन छाडेको छ । यता प्रशासनले फलफूल तथा तरकारी ठेलामा बिक्री गर्न नदिँदा बिक्री समेत घटेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६