प्रदेश

प्रदेशका निति तथा कार्यक्रम माथि नागरिक समाज प्रतिनिधिहरुको ध्यानआकर्षण पत्र ।।



कपिलवस्तु जेठ ३० । प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रमका सम्बन्धमा प्रदेशमा क्रियाशिल नागरिक समाज प्रतिनिधिहरुले बिभिन्न सुझाब सहित ध्यानआकर्षपत्र बुझाएका छन । प्रदेशका मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिभिन्न २० वटा बुद्धामा आफ्ना माग सहित सुझाब पत्र बुझाएका हुन । ध्यानआकर्षण पत्रमा भनिएको छ प्रदेश सभामा आएका कार्यक्रममा खाद्य सकंट आउन नदिने भनिए पनि खाद्य सम्प्रभुत्तालाई जोड नदिएकाले यसलाई जोड दिनुपर्ने ,कोरोना महामारीका कारण स्वादेश फर्किएकाहरुलाई दक्षता र सिपका आधारमा ऋण संगै अनुदान दिनुपर्ने ,ब्यवसायिक शिक्षा प्याकेज बनाई कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारको ध्यानआकर्षण गराईएको नागरिक समाज रुपन्देहीका प्रतिनिधि लक्ष्मीनाथ ज्ञवालीले बताउनुभयो । यस्तै बिपन्न नागरिकहरुको स्वास्थ्यउपचार निशुल्क हुनुपर्ने ,स्मार्टकृषि गाउँ र मूख्यमन्त्री ग्रामिण बिकास कार्यक्रममा कमजोरी देखिएको हुनाले प्रभाबकारी ढंगले बढाउनुपर्ने , कृषकहरुलाई आवश्यक मल बिउ कृषि सामग्रीको अभाब हुन नदिनका लागि सहज रुपमा बजार आपूर्ति गर्ने ब्यवस्था मिलाउनु पर्ने लगाएतका थुप्रै कार्यक्रम माथि सुझाब र माग गरिएको छ । ध्यानआकर्षण पत्रमा प्रदेशमा कृषि , शिक्षा ,स्वास्थ्य र बिपदका क्षेत्रमा सोचेअनुरुप कार्यक्रम आउन नसकेको भन्दै बिभिन्न सुझाब सहित ध्यानआकर्ष पत्र बुझाएकोे नागरिक समाज कपिलवस्तुका प्रतिनिधि मनोज राज पन्थीले बताउनुभयो । ध्यानआकर्षण पत्रमा आएका बिषयबस्तु प्रदेशका १२ वटा जिल्लामा रहेका बिभिन्न नागरिक समाजका प्रतिनिधिहरुको तर्फबाट आएका हुन । 

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६