कपिलवस्तु ३० जेठ । भारतवाट स्वदेश फर्कर्ने नेपालीहरुकालागि कपिलबस्तु जिल्लाको सिमा कृष्णनगर तथा सुठौली नाकामा नेपाली सेनाको ब्यवस्थापनमा ब्यवस्थित का होल्डिङग सेन्टर स्थापना भएका छन् ।
ती स्थानमा बनेका होल्डिङग सेन्टर मध्ये कृष्णनगरमा स्थापना गरीएको सेन्टरको जिससका प्रमुख नारायण खनाल र जिजस अधिकारी भूमिराम पोख्रेल सतिहको टोलीले अनुगमन गरेकोछ ।
हाल १५० जना बस्न मिल्ने बनाइएको छ । १००० बेड सम्म विस्तार गर्ने लक्ष्य सेनाले राखोको छ । अलग अलग शौचालय सहित राम्रो ब्यवस्थापन गरेको अनुगमन पछि अधिकारी भूमिराम पोख्रेलले वताउनु भयो ।
उक्त होल्डिङ सेन्टरमा प्रदेश ५ का १२ जिल्लाका लागि छुट्टा छुट्टै क्याम्प निर्माण गरीएको छ । नेपाली सेनाको ब्यवस्थापन बनेका ती सेन्टरमा भारतवाट आउनेलाई राख्ने र गाडीको प्रबन्ध मिलाई सम्वन्धित जिल्लामा पठाउने सरकारले ब्यवस्था मिलाएको हो ।
प्रतिक्रिया