ब्रेकिंग न्युज

कोरोनाले अर्घाखाँचीमा अर्का १ को मृत्यु ,प्रदेश ५ मा मृतकको संख्या ४ पुग्यो



अर्घाखाँची  ३० जेठ । कोरोनाले अर्घाखाँचीमा थप एकको मृत्यु भएको छ । यो संगै प्रदेश ५ का मृतकको संख्या ४ पुगेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो ।स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

        उनको बुधबार मृत्यु भएको र जेठ २९ गते भने कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १६ पुगेको बताए ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका २, दैलेखका एक,बाजुराका एक, दोलखा एक, पाल्पाका एक,सुर्खेतका एक, कैलालीका एक,डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएकोछ 

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६