गण्डकी

नवजात शिशुको हत्या गरी फरार महिला पक्राउ



पर्वत, ३० जेठ ।  कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् । नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ । 

        जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा विशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन् ।

        उनलाई प्रहरीले बिहीबार साँझ ८ः०० बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त नेपालीलाई  कर्तव्य ज्यान ९नवजात शिशुको हत्या० शीर्षकमा अनुसन्धानका लागि आज जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६