लुम्बिनी

सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य सामाग्री वितरण



बुटवल, ३० जेठ ।  बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन सो उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो । आव २०७५/७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो । 

जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै वडालाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन् । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशील भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

स्वास्थ्य सुरक्षा प्रबन्धसहित सामाजिक दूरी कायम गरेर नगरका अतिविपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिइएको जनाइएको छ । 

उनीहरुलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइएको उहाँले जानकारी दिनुभयो । 

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको छ । 

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिकरुपमा पुगेर स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको यो कार्यक्रमअन्तर्गत दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएको उपमहानगरका शिक्षा तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६