प्रदेश

कर्मचारीमाथि अभद्र ब्यवहार हुदा सिंगो गाउ ब्लेक आउट , एक महिला सहित २ को शव फेला



कपिलवस्तु ३२  जेठ चुहावट नियनत्रणकालागि गएका बिद्यतुका कर्मचारीमाथी दुब्र्यहवार गरी अवरोध गरिएपछि कपिलवस्तुको मायादेबी गाउपालिका– ५ स्थित बलुहवा गाँउलाई ब्ल्याक आउट गरिएको छ । नेपाल बिद्यत प्राधिकरण तौलिहवा बितरण केन्द्रबाट गएका टोलीहरुलाई कुटपीट गर्न खोजिए पछि शुक्रवार राति नौ बजे देखि वलुहवामा व्ल्याक आउट गरिएको हो । जसवाट ढेड सय घर प्रभावित भएका छन ।

        स्थानीय राजाराम यादवको घरमा हुकिङ गरी मोटर चलाई रहेको अवस्थमा फेला पारिएको र मोटर झिकेर गाडीमा राख्नेक्रममा गाउलेहरुले घेरा हाली कुटपीट गर्न खोजेको प्राधिकरण तौलिहावा शाखाका प्रमुख जय कुमार यादवले वताउनु भयो । कर्मचारीमाथी दुब्र्यहवार र गाडी नै तोडफोड गर्न खोजीएपछि गाउलाईृ ब्ल्याक आउट गरिएको प्रमुख यादवले वताउनु भयो । यता कपिलवस्तुमा छुट्टाछुटै स्थानमा आज दुई शव फेला परेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ का ३७ वर्षीय भूमिराज भुसालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

        अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएकोे जनाइएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ । एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेका स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमान् १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगी भएकी थिइन् । 

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६