प्रदेश

आज देशका अधिकांश भूभागमा वर्षा हुने पूर्वानुमान



काठमाडौं, ३२ जेठ । आज पनि देशका अधिकांश भूभागमा वर्षा हुने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश ६ र ७ मा अहिले हल्का वर्षा भइरहेकोमा दिउँसोसम्म प्रदेश १, २ गण्डकी र कर्णाली प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।पूर्वी क्षेत्रमा संक्रिय मनसुनी वायु र पश्चिमी भूभागको पश्चिमी वायुको प्रभावले बिहान प्रदेश २, बागमती र ५ मा घाम लागे पनि मौसम बदली हुने महाशाखालेजनाएको छ ।

         आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षा हुने सम्भावना छ। यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६