ब्रेकिंग न्युज

कपिलवस्तुमामात्र लकडाउन हुदैन : प्रजिअ पौडेल



 कपिलवस्तु ३२ जेठ । संघिय सरकारले लकडाउन खुलागरेमा कपिलवस्तुमा मात्र लक डाउन नहुने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ । उहाले   यतिबेला सामाजिक दुरी कायम गरेर अर्थतन्त्र र विकास निर्माण सुचारु गर्नु पर्ने आबश्यकता बोध राज्यले गरेकाले सोही अनुसार नै कपिलवस्तु पनि अघि वढ्ने वताउनु भयो । कोरोना संक्रमण उच्च भएका जिल्लाहरुमा लकडाउन कायमै राख्ने भनेर निर्देशन आएको खण्डमा भने सोही अनुसार  हुने वताउनु भयो । तर अहिले सम्म त्यस्तो निर्देशन नआएको उहाको भनाइछ ।    

यस अघि आधारभूत अवश्यकताका पसलहरु खोल्दा समयअबधी तोकिएको भएपनि अव विहानै देखि साझ सम्म खोल्न पाउने तर सामाजिक दुरी कायम गरेर ब्यापार  गर्ने सुनिश्चितता सम्वन्धित पसलधनीले मिलाउनु पर्ने वताउनु भयो ।  प्रजिअ पौडेलले सबै सरकारी कार्यलयहरु दुइसिफ्टमा  खोल्ने संघिय सरकारको मापदण्ड अनुसार सेवा सूचारु हुने वताउनु भयो । 

सार्वजनिक यातायात संचालनका विषयमा कपिलवस्तुको विषम परिस्थतीका कारण अहिले तत्काल अनुकुल नदेखिएको वताउदै संघिय सरकारले बनाएको मापदण्ड अनुसार संचालन हुन दिने की केहि फरक शैली अपनाउने भन्नेमा केहि छलफल गर्ने पक्षमा आफू रहेको प्रजिअ पौडेलको भनाइछ । 

उहाले कपिलवस्तु उच्च जोखिममा रहेको जिल्ला भएकाले सबै क्षेत्र पूर्ववत रुपमा संचालन हुन सक्दैनन् भन्दै अर्थतन्त्रलाई चलायमान राख्न गरिने आधारभूत काम भने संचालनमा आउछन् प्रेसपाटीसंगको कुराकानीमा भन्नु भयो । संघिय सरकारको मापदण्ड हेरेर सबै क्षेत्र सोही अनुसार संचालन हुने वतावरण वनाइने उहाको भनाइछ । संघिय सरकारको औपचारीक मापदण्डको पखाईमा रहेको उहाले वताउनु भयो । मापदण्ड बनेको भनेर संचार माध्यममा आएपनि लिखित रुपमा नआएको वताइएकोछ । संभवत स्थानीय सरकारले केहि फरक मापदण्ड वनाए भने स्थानीय प्रशासनसंगको समन्वयमा त्यसलाई साथ दिइने छ उहाले भन्नु भयो ।                                  

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६