ब्रेकिंग न्युज

उपत्यका प्रवेश गर्न स्थानिय तहको अनुमति अनिवार्य



काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशका कडाइ गर्ने निर्णय गरेको छ ।अब उपत्यका प्रवेश गर्नका लागि आफू बसेको नगरपालिकाको अनुमति अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय आज आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको छ ।गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

           त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी पास दिन सक्ने गृहले निर्णय गरेको छ ।काठमाडौं उपत्यका बाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने समेत गृह मन्त्रालले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६