अर्थ-वाणिज्य

कृषिमा क्रान्ती ल्याउन शिवराजका कृषकलाई उपहार



चन्द्रौटा कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले कृषकलाई हौसाला प्रदान गर्नको लागि उपहार कार्यक्रम संचालन गरेको छ । उपहारमा कृषकको ४० प्रतिशत लगानि रहने र ६० प्रतिशत वडाले सहयोग गर्ने वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षमा वडा बिनियोजन गरेको ५ लाख रुपैँयामा वडाका ४७ जना कृषकलाई सिचाई सामाग्री र घाँस काट्ने मेसिन बितरण गरेको छ ।
आईतबार वडा कार्यालयमा पुगेका कृषकलाई उक्त सामाग्री बितराण गरिएको छ । वडाका अधिकांश नागरिकहरुले कृषि पेशा गरेको भन्दै वास्तविक किसानले सामाग्रीहरु पाएको अध्यक्ष सापकोटाले बताउनुभयो । कृषकले उत्पादन बढाउने र आर्थिक स्थितिमा सुधार ल्याउन सामाग्री वितरण गरेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरले पनि कृषकलाई प्राथमिकतामा राखेको भन्दै वडाले वार्षिय योजनामा किसान लक्षीत कार्यक्रम राखेर किसानलाई सहज भएको बताउनुभयो । कृषिमा क्रान्ती गर्न आवश्यक रहेको भन्दै अहिले तिनवटै सरकारले किसान लक्षीत कार्याक्रम निर्माण गरेको बताउनुभयो । वडाले गरेको यो कार्यक्रमले किसानलाई सहज भएको कृषक हिरालाल थारुले बताउनुभयो । कृषकहरुको पनि लागनि लाग्ने व्यावस्था मिलाएको

ले यस कार्यक्रमवाट अतिआवश्यकले मात्र पाउने उहाँले बताउनुभयो । घाँस काट्ने मेसिन २७ थान, सिचाईको लागि पानी तन्ने ५ थान मोटर र ५ थान पम्पसेट वितरण गरिएको वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६