भैरहवा ३२ जेठ । बुवाको मृत्यु भएपछि आमा अर्कैसंग जाँदा सन्तानको अवस्था के हुन्छ ? यस्तै पीडामा परेकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ । त्यतिमात्र कहाँ हो र प्यारालासिस रोगवाट ग्रसित भएर शरीरको कम्मर भन्दा तल्लो भाग नचल्ने ती किशोरीलाई एम्बुलेन्सवाट सेनाले घर पठाएको छ । कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर ९ स्थायी घर भै बुवा आमासंग भारतको हरियानामा रहेकी वर्ष १६ की सीता भुललाई नेपाली सेनाको गरुडदल गण बुटवलले सीमा नाका बेलहियावाट उद्धार गरि निजको घर पठाएको हो ।
यही जेठ २९ गते सीमानाका बेलहिया आएकी ती किशोरीलाई नेपाली सेनाको गाडीवाट नेपाली सेनाको भैरहवामा रहेको प्रतिमा निमा कलेजको होल्डिङ एरियामा राखिएको थियो ।होल्डिङ क्षेत्रवाट नेपाल रेडक्रस सोसाईटी र युनिसेफ नेपालको समन्वयमा एम्बुलेन्स खोजी ती किशोरीलाई कैलाली जिल्लाको घर पठाईएको नेपाली सेनाले जनाएको छ । बुवा आमासंग भारतमा बस्दै आएकी ती किशोरीका बुवाको मृत्यु भएपछि आमा अकैसंग पोइल गएकीले वाध्य भएर कम उमेरमै सीताले रोजगारी गर्नु परेको थियो ।
रोजगारीका सिलसिलामा उनलाई प्यारालासिस भएको र साहुले जागिरवाट निकाली दिएको उनले उद्धारमा संग्लन नेपाली सेनालाई बताएकी थिईन । कोरोना माहामारीको समयमा लकडाउनले गर्दा ४ महिनादेखि प्यारालासिस रोगवाट ग्रसित भएकी ती किशोरी भारतमा अलपत्र जस्तै भएकी थिईन ।
प्रतिक्रिया