काठमाडौं, १ असार । आज पनि देशकाका अधिकांश भूभागमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागहरूमा वर्षा भईरहेको र दिउँसोसम्म देशका अधिकांश प्रदेशमा भारी वर्षा हुने छ ।
महाशाखाकाले आज सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही भूभाग र बाँकी प्रदेशका केही भूभागहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो र राति बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। पूर्वी क्षेत्रमा सक्रिय मनसुनी वायु र पश्चिमी भू–भागको पश्चिमी वायुको प्रभावले अबका केही दिन वर्षाको सम्भावना रहेको महाशाखाद्वारा सोमबार जारी बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया