प्रदेश

पञ्चायतकालिन सेल्टरदाता प्रति श्रद्धाञ्जली



कपिलवस्तु १ असार पञ्चायतकालका एक सेल्टरदाता नित्यानन्द बेल्बासेको निधनले नेकपा कपिलवस्तु मर्माहित बनाएको केन्द्रिय नेता एवं कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेलले बताउनु भएको छ । आइतवार स्वर्गिय बेल्बासेको निवास बोडगाउँमा आयोजित श्रद्धान्जली सभामा बोल्दै यस्तो बताउनु भएको हो । ८७ वर्षको उमेरमा निधन हुनु भएका स्वर्गीय बेल्बासे २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेका तर्फबाट साविक मोतिपुर ८ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । युवा अवस्था देखिनै तत्कालिन नेकपाको सक्रिय कार्यकर्ता रहनु भएका बेल्बासेले पञ्चायत कालमा यसक्षेत्रलाई कर्मथलो बनाएर राजनिति गर्ने अधिकांस शिर्षनेतालाई सेल्टर प्रदान गरेर अभिभावकत्व लिदै आएको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सोहि शोक सभामा बताउनु भयो । 


    शोक सभामा श्रद्धान्जली व्यक्त गर्दै नेकपाका प्रदेश कमिटी कार्यालय सचिव वलराम अधिकारीले पञ्चायत कालका सेल्टरदाता बनेका स्वर्गिय बेल्बासे पार्टीका जिवनदाता रहेको बताउनु भयो । सभामा प्रदेश सांसद विष्णु पन्थिले बोल्दै बिगतका सेल्टरदाता स्वर्गीय बेल्बासे जस्ता अभिभावककै कारण आज नेकपाले दुईतिहाईको सरकार सञ्चालन गर्न पाएको र भारतले मिचेको भुमि फिर्ता ल्याउने चरणमा पुगेको बताउनु भयो ।


         नेकपाका जिल्ला सचिव रामचन्द्र शाह (विष्णु ) को सञ्चालनमा भएको शोकसभामा स्थानिय नेता भोजराज चौधरीले स्वर्गीय बेल्बासेको जिवनी बारे प्रकाश पार्नु भएको थियो । शोकसभामा नेकपाका प्रदेश सदस्य कृष्ण पौडेल, जनि बन्जाडे, प्रभा पौडेल, संविधान सभा सदस्य विश्राम थारु सहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । स्वर्गिय बेल्बासेका दुई छोरा र एक छोरी मध्ये एक टोपनारायण बेल्बासे हाल नेकपाको जिल्ला सदस्यको रुपमा रहनु भएको छ । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६