कपिलवस्तु, १ असार । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक कोरोना सङ्क्रमित फरार भएका छन् । आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन । उनी जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । २ दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार रहेको कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले बताउनु भयो । बिश्वकर्माका अनुसार उनी क्वारेन्टाईनबाट भागेको वताए । उनलाई जन्डिस पनी भएको थियो । आरडिटी पोजेटिभ देखिए पछी पिसीआर समेत भएको थियो । रिपोर्ट नआउदै उनी भारत तर्फ भागेको वताईएको छ ।
भाग्ने सङ्क्रमित भारतीय नागरिक
फरार हुने कोरोना सङ्क्रमित भारतीय नागरिक रहेको बताइएको छ । सीमावर्ती बजार वढनी आसपासमा बस्ने वर्ष २२ को सन्तोष केवट रहेका छन् । कृष्णनगरको क्वारेन्टाईनमा बस्दा उनले ठेगाना गलत लेखेका थिए । केवट रातको समयमा भारत तर्फ भागेका थिए । आइसोलेसन स्थल नेपाल भारत सीमा देखी आधा किलो मिटर टाढा रहेको छ । भागेको विषयमा नगरपालिकाले कसैलाई पनि जानकारी गराएको छैन ।
सङ्क्रमित भागेको प्रशासनलाई समेत थाहा छैन ।
सङ्क्रमित भागेको एक हप्ता बित्दा सम्म कृष्णनगर नगरपालिकाले सूचना लुकाएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई यस विषयमा सोधपुछ गर्दा थाहा नभएको र बुझेर बताउने जानकारी दिनु भयो । प्रजिअ मात्र नभएर कपिलवस्तु प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई समेत घटनाको विषयमा जानकारी छैन । फोन मार्फत कुराकानी गर्दा भागेको विषयमा केही थाहा नभएको बताए । भागेको विषयमा कृष्णनगर नगरपालिका र भारतीय सीमावर्ती बजारमा समेत थाहा पाएका छैनन् । संक्रमित फरार रहनुमा प्रहरीको चरम लापरवाही रहेको बताइएको छ ।
प्रतिक्रिया