लुम्बिनी

प्रदेश ५ : वजेट कोरोना नियन्त्रण र रोजगारी सिर्जनामा केन्द्रित हुने



दाङ असार १ । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७७\७८ को कोरोना नियन्त्रण र रोजगार कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याउने भएको छ । चालू आर्थिक वर्ष ३६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये ४१ दशमलव ६१ प्रतिशत ९१५ अर्ब १५ करोड० मात्र खर्च गर्न सकेको प्रदेश सरकारले त्यसकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

             संघीय सरकारले आगामी आवका लागि प्रदेश ५ लाई कुल १४ अर्ब ६ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ । चालू आवमा यस्तो अनुदान १५ अर्ब ३१ करोड ५ लाख रुपैयाँ छुट्याएको थियो । संघीय अनुदान घटेकाले बजेट पनि घटेर आउने जनाइएको छ । उक्त बजेट प्रदेश सभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी समालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्ने कार्यक्रम छ । 

                प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले सोमबार तीन बजेका लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची तय गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले यस वर्षको बजेटमा कृषि क्षेत्रदेखि अन्य क्षेत्रका विकास निर्माणका काममा रोजगारमूलक कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइने जानकारी दिए ।

             प्रदेश सरकारले कोरोनासँगको लडाइँमा सफलता हासिल गरेपछि कृषि, पर्यटनलगायतका क्षेत्रको विकास गर्दै रोजगारी र आय आर्जन बढाउने कुरामा जोड दिँदै गत जेठ १० गते नीति कार्यक्रम प्रस्तुत गरेको थियो । बजेट विनियोजन गर्दा कोभिड–१९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिबी निवारण, आय आर्जन र सार्वजनिक निर्माणमा विशेष जोड दिइने नीति कार्यक्रममा उल्लेख थियो ।

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६