प्रदेश

बाढी–पहिरो जानसक्ने, दिनभर वर्षा हुने सतर्कता अपनाउन अनुरोध



काठमाडौं, २ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ  । लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना अत्याधिक रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ । 

        मुलुकभरका अधिकांस स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई भूभागहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।  भारी वर्षा हुने ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने हुँदा सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

        नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाले आज मुलुकका अधिकांस स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २ गते मंगलबार

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार ३ गते बुधबार

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक र दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक र दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ४ गते बिहिबार

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा   मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको  संभावना रहेको छ। बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६