गण्डकी

गण्डकी प्रदेशमा थपिए १८ जना, कोरोना संक्रमित २२३ पुगे



कास्की, २ असार ।  गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको हो ।

            निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा १–१ जना कोरोना संक्रमित पुष्टि भएका छन् । गोरखामा संक्रमण देखिएका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेरका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष छन् ।

        कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

       पूर्वी नवलपरासीको विनय त्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएका सबै १८ जना भारतबाट फर्किएको जनाइएको छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६