अर्थ-वाणिज्य

शिवराजमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम,२ सय जनालाई रोजगारी



कपिलवस्तु २ असार । कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुरु भएको छ । नगरमा तीन वटा योजनाहरु छनोटमा परेको र काम सुरु भएको रोजगार संयोजक फर्शुराम घिमिरेले बताउनुभयो । नगबाट २४ वटा योजनाहरु पठाएको भएपनि ३ वटा योजना मात्र छनोट भएर आएको उहाँले बताउनुभयो ।

               २ वटा योजनाका काम भइरहेको भन्दै योजना अझै सुरु हुन नसकेको बताउनुभयो । शिवराज नगरपालिका वडा ७ बिजया सिमेन्ट देखी गोर्भदन यादवको घर सम्मको सडक मर्मत,जुमली गाउँको कुलो मर्मतको लागि ९ लाख २४ हजार रकम रहेको छ ।त्यस्तै बलुहवा गाउँमा सडक निर्माणको लागि ९ लाख ८२ हजार रकम रहेको छ भने निविहवा सिचाई ताल निर्माणको लागि ९ लाख ९३ हजार बजेट रहेको छ । नगरका २ सय जनालाई रोजगारी दिइने संयोजक घिमिरेले बताउनुभयो ।

                                शिवराज नगरपालिका वडा ३ बलुहवा गाउँमा सडक निर्माणका काम सोमबार बाट सुरु भएको छ । गाउँका ६४ जनाले काम गरिरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । लकडाउनका कारणका नागरिकहरु बेरोजगार भईरहेको एउटा गाउँका ६४ जनाले रोजगार पाउँदा स्थानियहरुको जिविको पार्जनमा सहज हुने विश्वास रहेको सापकोटाले बताउनुभयो ।

             त्यस्तै वडा ७ को सडक निर्माण योजना सुभारम्भ गर्दै वडा अध्यक्ष अनुप कुमार चौधरले  यस किसिमका कार्यक्रमले वेरोजगार युवाले रोजगारमा संलग्घ हुन पाउँदा आर्थिक संकलन संगै जिविकोपार्जनमा सजिलो हुने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६