लुम्बिनी

सिद्धबाबा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगियो



बुटवल, २ असार । तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।  दुर्घटनामा घाइते भएका छ जनामध्ये पाँच जनाको स्वास्थ्यावस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२ च ४५२२ नम्बरको जीप सडकबाट तिनाउ नदीमा खसेको थियो । 

        दुर्घटनाका घाइते तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल र बालकृष्ण बस्याललाई काठमाडौँ रिफर गरिएको छ भने कृष्ण बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६