बिकास थापा कपिलवस्तु २ असार । कपिलवस्तु कपिलवस्तुको बाणगंगा वडा नं ७ ले वडाभित्रका गरिव विपन्न परिवारको खरको छानो बिस्थापित गराउने अभियान अन्तर्गत १५ घरपरिवारलाई टिनका पाता वितरण गरेको छ । वडामा रहेका अति गरिब तथा अतिबिपन्न घरपरिवारको पहिचान गरी उनीहरुलाई रंगिन जस्ता–पाता वितरण गरिएको वडा अध्यक्ष बिष्णु गिरीले बतानुभयो । गरिब तथा अति बिपन्न परिवारका सदस्यहरु बस्दै आएका घरबाट खरको छानो विस्तापित गरी टिनको छाना लगाउन यो कार्यक्रम लागू गरिएको उहाको भनाई छ ।
घरघरमै पुगि घरिपरिवारलाई जस्तापाता वितरण गरिएको उहाको भनाई छ । सुरक्षित आवास संगै वडाको सौन्दरीयकरणका लागि यो अभियान चलाईएको बताउदै वडामा करिब एक घरपरिवार फुसको छानो भएको घरमा रहेको बताउनुभयो । यता रंगिन टिनले छाउने सपना पूरा भएको भन्दै चुहिने छानोबाट मुक्त भएको जस्तापाता पाउने घरपरिवारले बताएका छन ।
प्रतिक्रिया