बाँके ३ असार । कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरस कोभिड १९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका ६ का ४६ बर्षका महिलाको कोरोनाबाट मृत्यु भएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएका उनको हिजो साँझ मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।उहाँको पनि मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
३ असार २०७७, बुधबार
प्रतिक्रिया