काठमाडौं ३ असार। राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएको बताए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उनको भनाइ छ ।‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् ।
स्वदेश आउन आतुर छन् तर रकम छैन’ सांसद विडारीले भने ‘‘तिनीहरुलाई कसरी ल्याउने पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नि ’सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीय व्यवस्था सुरु गरे पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनको अवस्था दुःखलाग्दो भएको बताइन् । उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी मा महिला तथा बालबालिका मन्त्रालयको सहभागिता हुनुपर्ने माग राखिन् ।सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार भन्दा बढी नागरिक फर्किएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताए ।क्वारेन्टिनमा रहेको हजारौंको परीक्षण हुन नसकेको भन्दै उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सांसद कुँवरले माग गरे ।
सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाए । उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने बताए ।सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरे ।सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । सांसद शारदादेवी भट्टले कैलालीमा क्वारेन्टिनमा भएको बलात्कार घटनाको दोषीलाई कारबाही गर्न माग गरिन् ।
प्रतिक्रिया