गण्डकी

कपिलवस्तुका एक कर्मचारी सहित ४२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या २८९ पुग्यो



कास्की, ४ असार । गण्डकी प्रदेशमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार बिहान निकालेको बिज्ञप्ति अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलस्तुका ५७ वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

    विज्ञप्तिमा कर्मचारीको स्थायी ठेगाना बाणगंगा १४ उल्लेखित छ उक्त ठेगाना हाल बाणगंगा नगरपालिकामा छैन नगरपालिकामा जम्मा ११ वटा वडा रहेका छन् । त्यसैले ती कर्मचारी बाणगंगाको कुन वडाका हुन पुष्टि हुन सकेको छैन । ती कर्मचारी कपिलवस्तुबाट फर्किएको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्ब), तनहुँ, मनाङ र गोरखामा थप संक्रमण पुष्टि भएका हुन् ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्ब) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

        नवलपरासीका १८ जनामध्ये १५ जना मध्यबिन्दु नगरपालिकाका १९ देखि ४३ वर्ष उमेर समुहका पुरूष छन् भने १ जना गैँडाकोट नगरपालिका छन् । यस्तै तनहुँका १२ जनामध्ये ऋषिङ गाउँपालिकाका ७, शुक्ला गण्डकीका १ र भानु नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ । 

        गोरखाको पालुङटारका ६ पुरूष र १ महिला तथा शहीद लखन गाउँपालिकाका ४ पुरूषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । एक जना कर्मचारी बाहेकका संक्रमित सबै भारतबाट फर्किएका हुन् । सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टाइमा रहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६