गण्डकी

गण्डकीमा थप ३४ जनामा कोरोना,एकैदिन ७६ जनामा संक्रमण



पोखरा ४ असार । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजा, पर्वत, तनहुँ, बागलुङ र नवलपरासीमा बिहीबार नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि विहीबार विहान नै मनाङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

                कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष छन् ।बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस देखिएको छ ।तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् ।पूर्वी नवलपरासी समेत १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

               हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका उनीहरु १९ देखि ३९ वर्ष समूहका छन् । उनीहरु सबै भारतबाट आएको र सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको निर्देशनालय निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिएका छन् । उनले सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सुनाए । गण्डकीमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गण्डकीमा बिहीबार बिहानमात्रै ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६